close

स्थानीय तहका कर्मचारीको काज सरुवा स्थगन

स्थानीय तहका कर्मचारीको काज सरुवा स्थगन

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा र काजसम्बन्धी कार्य तत्काललाई स्थगित गरेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालका अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान/निकायमै रहने व्यवस्थाका लागि राष्ट्रिय योजना आयोगले गरेको अनुरोधअनुसार त्यस्ता कर्मचारीको सरुवा र काजसम्बन्धी कार्य तत्काललाई स्थगित गरिएको हो ।

 

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना ३० भदौबाट सुरु भएको छ ।  उक्त कार्यलाई प्रभावकारी रूपमा र तोकिएकै मितिमा सम्पन्न गर्ने दायित्वअनुरूप सरकारले स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा र काजसम्बन्धी कार्य तत्काललाई स्थगित गरेको जनाइएको छ ।