close

बाह्रदशीमा लगाइएको ताला खुल्यो

बाह्रदशीमा लगाइएको ताला खुल्यो

Trulli
ADVERTISEMENT

झापा– झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लगाएको ताला खुलाइएको छ । 

 

राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

 

तालाबन्दी गरेलगत्तै कार्यालय आएका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले माग तत्काल सम्बोधन गर्ने र मंगलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने सहमति भएपछि ताला खुलाइएको बाह्रदशी पालिका राप्रपा अध्यक्ष बिपी कटुवालले बताए । 

 

भित्री सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेकाले पटक–पटक वडा कार्यालयदेखि पालिकाकार्यालयसम्म तत्काल मर्मत–सम्भारका लागि ध्यानाकर्षण–पत्र बुझाइए पनि मर्मत नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।