close

नेपालगञ्जमा टाटा मोटर्स सोरुम

नेपालगञ्जमा टाटा मोटर्स सोरुम

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालगञ्जमा आधिकारिक डिलर रुद्रप्रिया इन्टरनेसनल प्रालि उद्घाटन गरेको छ । कम्पनीले यस क्षेत्रका ग्राहकको सुविधाका लागि सुविधासम्पन्न सोरुम तथा बिक्री सेवा–सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरेको हो ।

 

कार्यक्रममा टाटा मोटर्सका अजित सिंह, सिप्रदीका उपाध्यक्ष शौरभराज थपलिया एवं नेपालगञ्जका मेयर डा. धबलशमशेर राणा सहभागी थिए । यस्तै, सोरुम उद्घाटन अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद अन्सारी, एसपी श्यामकृष्ण अधिकारी, आन्तरिक राजस्व विभाग प्रमुख शरद पौडेल, नेपालगञ्ज यातायात कार्यालय प्रमुख पूर्ण खत्रीका साथै सिप्रदी र रुद्रप्रिया इन्टरनेसनलका कर्मचारीको उपस्थिति थियो ।

 

उक्त सोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडी उपलब्ध हुनुका साथै टेस्ट ड्राइभ सुविधा राखिएको कम्पनीले बताएको छ ।