close

सुर्खेत वीरेन्द्रनगरको १ नम्बर वडा कार्यालयमा आगजनी

सुर्खेत वीरेन्द्रनगरको १ नम्बर वडा कार्यालयमा आगजनी

Trulli
ADVERTISEMENT

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवनमा अज्ञात समूहले आगलागी गरेको छ ।  सो वडाका अध्यक्ष गंगाराम सुनार काम विशेषले राजधानी काठमाडौंमा रहेका बेला वडा कार्यालय भवनमा आगलागी गरिएको हो ।


अज्ञात समूहले आफूलाई फोन गरेर तपाईं अहिलेसम्म कार्यालयमा नआउने भनेर आफूलाई धम्की दिएको वडाध्यक्ष सुनारले बताए । अज्ञात समूहले कार्यालय नआए वडा कार्यालय जलाइदिने धम्की दिएपछि वडाध्यक्ष सुनारले कर्मचारीलाई फोन गरेर काम गरिदिन निर्देशन दिएको सुनाए ।  तर, उनले निर्देशन दिएका झन्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो । उनका अनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तान लामिछाने हुन् ।  आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजात जलेर नष्ट भएका छन् । 

 

कर्मचारीलाई डरधम्की दिएर लामिछानेले कार्यकक्षमै पसेर पेट्रोल छर्केर आगो लगाइदिएको वडाध्यक्ष सुनारले बताए । वडा कार्यालय आगजनी गर्ने लामिछानेलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षणसमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए ।