close

पुनः सञ्चालनमा आयो नेबिको प्रालि

पुनः सञ्चालनमा आयो नेबिको प्रालि

Trulli
ADVERTISEMENT

काठमाडौं– बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेबिको प्रालि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । गत साउन २३ मा उद्योगमा आगलागी भएपछि उत्पादन बन्द थियो ।


कम्पनीले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्ट सेरेलेक्स उत्पादन चार युनिटबाट गर्दै आएको थियो । आगलागी भएको ४४ दिनपछि कम्पनीले क्षमताको ७० प्रतिशत उत्पादन सुरु भएको जानकारी दिएको छ । आगलागीका कारण कम्पनीले करोडौं रुपैयाँको क्षति पुगे पनि पुनः पुरानै बजार स्वरुपमा फर्किने योजना रहेको कम्पनीले बताएको छ ।