close

आइएमई मोटर्समा दसैं–तिहार अफर

आइएमई मोटर्समा दसैं–तिहार अफर

Trulli
ADVERTISEMENT

काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले आउँदो दशैं–तिहारलाई लक्षित गरी ‘दसैं–तिहारको वहार पक्का उपहार’ का साथै बम्पर उपहार योजना ल्याएको छ । यसअन्तर्गत कुनै पनि अशोक लेलैन्डका गाडी खरिदमा ग्राहकले छानीछानी उपहार पाउनेछन् ।

 

चाडपर्वमा ग्राहकले अफरलाई बढी प्राथमिकता दिने हुँदा सोहीअनुसार योजनालाई बजारमा ल्याइएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । योजनाअनुसार ग्राहकले अशोक लेलैन्डको दोस्त, बस साथै ट्रक, टिपरका कुनै पनि मोडलका गाडी खरिद गर्दा इच्छाअनुसार उपहार छानीछानी लैजान सक्नेछन् ।


अफरअन्तर्गत अशोक लेलैन्डको दोस्त गाडी खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोनका साथै थप नगद छुट अथवा स्मार्ट टिभीमा पनि डिस्काउन्ट पाउन सक्नेछन् । ग्राहकले  प्रत्यक आईसीभी हुआलेज, एमसीभी टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो–म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सक्ने कम्पनीले बताएको छ ।


उल्लिखित गाडीमध्ये आईसीभी हुआलेज, एमसीभी टिपर वा बसमध्य एकै पटक दुई  गाडी खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रोका साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउनेछन् । कुनै पनि एचसीभीका साथै आईसीभी टिपर खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सकिनेछ ।


त्यस्तै, दुई वटा एचसीभी र आईसीभी टिपर खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउन सकिनेछ । एचसीभी तथा आईसीभी टिपरको कुनै पनि गाडी खरिद अफरअन्तर्गत बम्परमा तीन जना भाग्यशाली जोडीले ५ रात, ६ दिने युरोप टुरको अफर जित्न सक्ने कम्पनीले जनाएको छ ।