close

लागूऔषध बेचेपछि मेडिकल सञ्चालिका प्रहरी फन्दामा

लागूऔषध बेचेपछि मेडिकल सञ्चालिका प्रहरी फन्दामा

Trulli
ADVERTISEMENT

दाङ– प्रहरीले दाङको तुलसीपुरबाट मेडिकल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर वडा नम्बर ८ घर भई हाल तुलसीपुरको बसपार्कमा फयुजन हेल्थ कियर मेडिकल सञ्चालन गर्दै आएकी ४० वर्षीया तीलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

 

मेडिकल सञ्चालिकाले अवैध लागूऔषध बिक्री वितरण गर्दै आइरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलकप्रसाद शर्मा नेतृत्वको प्रहरी टोलीले सुनारलाई मेडिकलबाटै पक्राउ गरेको हो ।

 

पक्राउ परेकी सुनारको साथबाट प्रहरीले १ लाख १६ हजार ८ सय ५० रुपैयाँ, प्रतिबन्धित ट्रामाडोल, ट्राब, अन्टिकोफ नाम लेखिएका विभिन्न कम्पनीका ३ हजार ४ सय ९० गोटा औषधी ट्याबलेट र ६ वटा मोबाइल बरामद गरेको डिएसपी अर्यालले बताए ।