close

नगरभित्रका कुकुर, बिरालालाई रेबिज खोप दिँदै बिर्तामोड

नगरभित्रका कुकुर, बिरालालाई रेबिज खोप दिँदै बिर्तामोड

Trulli
ADVERTISEMENT

झापा– झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका कुकुर र बिरालालाई रेबिजविरुद्धको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवस अवसरमा बिहीबारबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु गरेको हो । 

 

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सुरु कार्यक्रम बिहीबारबाट १२ असोजसम्म खोप सञ्चालन हुने नायब पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले जानकारी दिए । बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को कार्यालयबाट उद्घाटन गरिएको कार्यक्रम सबै वडामा सञ्चालन हुने भट्टराईले बताए । 

 

कार्यक्रम उद्घाटन गर्दै बिर्तामोड नगरपालिका प्रमुख धु्रुवकुमार सिवाकोटीले कुकुर र बिरालाबाट सर्ने रेबिज रोगबाट नगरबासीलाई जोगाउन यो कार्यक्रम ल्याइएको जानकारी दिए । छुटेकालाई महिनाको १ गते र १५ गते नगरपालिकाको पशुपक्षी तथा मत्स्य बिकास शाखामा निःशुल्क खोप लगाउने व्यवस्था मिलाइएको बताए ।  कार्यक्रममा सहभागी भएर  आफूले  पालेका कुकुर र बिरालालाई भ्याक्सिन लगाउन उनले नगरबासीसमक्ष आग्रह गरे ।