close

दोभानका अग्निपीडितले बिमाबापत पाए करिब ५९ लाख

दोभानका अग्निपीडितले बिमाबापत पाए करिब ५९ लाख

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङको दोभान बजारका एक अग्निपीडित परिवारले लक्ष्मी बैंकमार्फत ५८ लाख रुपैयाँ बढी रकम बिमाबापत प्राप्त गरेका छन् । 


दोभान बजारका अग्निपीडित विनिता किराना पसलका प्रोप्राइटर लोकेन्द्रबहादुर अधिकारीले बिमाबापत ५८ लाख ९० हजार ४ सय ६० रुपैयाँ प्राप्त गरेका हुन् ।

 

लक्ष्मी बैंकबाट कर्जा कारोबार भएको २ महिना नबित्दै आगोले सबै सामान जलेर नष्ट भएपछि बैंकले बिमा रकम प्रदान गरेको बैंकको फुङ्लिङ शाखा प्रबन्धक युवराज कोइरालाले जानकारी दिए ।

 

उनका अनुसार ९१ लाख ५० हजार रुपैयाँ बराबरको बिमा भएको थियो । बैंकका अनुसार कर्जा लिएका अधिकारीले आफ्नो मौज्दात सामग्रीको इन्स्योरेन्स गराएका थिए ।  १८ फागुन २०७७ भएको आगलागीमा परी अधिकारीसहितका ५० घर जलेर नष्ट भएका थिए ।