close

गण्डकी र प्रदेश २ बीच अन्तरप्रदेश समझदारी घोषणा 

गण्डकी र प्रदेश २ बीच अन्तरप्रदेश समझदारी घोषणा 

Trulli
ADVERTISEMENT

गण्डकी– गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा भ्रमण गरेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटनमा जोड दिएको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिहरूको आदान प्रदानका सम्भावन बढाउन पनि दुवै प्रदेश सरकार सहमत भएका छन् । 

 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको र नाट्टा प्रदेश नं २ को आयोजनामा बिहीबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृषणचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा पाँच बुँदे अन्तप्रदेश समझदारी घोषणा गरिएको छ । 

 

समझदारीमा अन्तरप्रदेशबीच पर्यटकीय गन्तव्यको पहिचान, संवद्र्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिने लगायत रहेका छन् । 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले देशमा संघीयता ल्याउन मधेस आन्दोलनको विशिष्ट योगदान रहेको बताए । उनले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताए । 

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक रहेको बताए । संघ सरकारको व्यवहार र सोचमा परिवर्तन आवश्यक रहेको बताए । मुख्यमन्त्री राउतले प्रदेश २ र गण्डकी प्रदेशबीच हवाई सेवाका साथै सडक यातायात सञ्जाललाई व्यस्थित गर्नुपर्नेमा जोड दिए ।