close

इङ्नामले पाए यो वर्षको मदन पुरस्कार, थापालाई जगदम्बाश्री

इङ्नामले पाए यो वर्षको मदन पुरस्कार, थापालाई जगदम्बाश्री

Trulli
ADVERTISEMENT

काठमाडौं– यो वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । 

 

त्यस्तै, जगदम्बाश्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ । मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ । 

 

मदन पुरस्कार गुठीमा २०७७ मा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिंगो, लेखनाथ क्षेत्रीको फुलांगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।