close

३ खर्बको आयात हुँदा,  निर्यात ४४ अर्ब मात्रै 

व्यापार घाटा २ खर्ब ७० अर्ब

३ खर्बको आयात हुँदा,  निर्यात ४४ अर्ब मात्रै 

व्यापार घाटा २ खर्ब ७० अर्ब

Trulli
ADVERTISEMENT

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कअनुसार दुई महिनामा  ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने ३  खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।

 

गत आव २०७७÷७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने १  खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।

 

व्यापार घाटा २ खर्ब ७० अर्ब

 

विभागले चालु आवको दुई महिनामा २ खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।

 

यस्तै पछिल्लो दुई महिनामा नेपालले ३ अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

 

११८ देशबाट आयात

 

दुई महिनाको अवधिमा ११८ देशबाट ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

 

भारतबाट १ खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट  ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ । समीक्षा अवधिमा भारतमा  ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा  १५ करोड ८० लाख बराबरको निर्यात भएको छ ।