close

व्यापारी हत्याका ४ अभियुक्त प्रहरीद्वारा सार्वजनिक

व्यापारी हत्याका ४ अभियुक्त प्रहरीद्वारा सार्वजनिक

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको सन्सेरीमाडौंका व्यापारी हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ परेका ७ मध्ये ३ जनालाई सामान्य सोधपुछपछि छाडिएको छ भने ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

 

हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनका रामबहादुर मडै, वडा नम्बर ४ का हरिशसिंह महरा, होटल साहू रामबहादुर महरा र शंकरसिंह महरा पक्राउ परेका हुन् ।  रातीको समय मदिरा सेवन गरेका उनीहरूले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीसामु स्वीकारेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

 

प्रहरीले मदिराका कारण झगडा भएको बताए पनि मृतकको परिवारले भने पैसाका कारण हत्या गरेको आशंका गरेको छ ।  मृतक महरासँग सो दिन ९ लाख रुपैयाँ बढी नगद साथमै भएकाले हत्या गरी रकम लुटेको हुन सक्ने परिवारलाई उद्धृत गर्दै स्थानीय गणेश भाटले बताए । 

 

यसरी भयो हत्या


हत्याका मुख्य अभियुक्त सुर्नया वडा नम्बर ५ का २६ वर्षीय रामबहादुर मडै भएको खुलेको छ । उनी सोही दिन जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता बनाएर साँझ सन्सेरीमाडौं बास बसेका थिए । बास बस्नुअघि उनले मृतककै पसलबाट १ केजी मासु खरिद गरी रामबहादुर महराको होटलमा पकाउन भने ।

 

राती हत्यामा संलग्न ४ जनाले एकै टेबुलमा बसेर मासु र मदिरा सेवन गरे । त्यसपछि उनीहरूबीच झगडा सुरु भयो । कमलेको हत्या गरेपछि शव होटल बाहिर फाल्दै सबै आ–आफ्नो बाटो लागे ।