close

दाङमा कांग्रेसको चुनावी सरगर्मी : कतै सहमति, कतै चुनाव

दाङमा कांग्रेसको चुनावी सरगर्मी : कतै सहमति, कतै चुनाव

Trulli
ADVERTISEMENT

दाङ– दाङमा नेपाली कांग्रेसको चुनावी सरगर्मी बढ्दै गएको छ । दाङका १० वटा पालिकामा नेतृत्व छान्न २ हजार १ सय ६१ प्रतिनिधि निर्वाचित भएर आएका छन् । शनिबार पालिका स्तरका नेतृत्व छानिँदै छन् ।

 

तुलसीपुरमा ९५, घोराहीमा ९५ जना, लमहीमा ४५, बबईमा ३५, बंगलाचुलीमा ४०, शान्तिनगर ३५, दंगीशरणमा ३५, गढवामा ४०, राजपुरमा ३५ र राप्ती गाँउपालिकामा ४५ जनालाई सभापतिसहित विभिन्न पदमा ५०० सय जना प्रतिनिधि चुनिनेछन् । 

 

जिल्ला निर्वाचन अधिकृत प्रह्लादबहादुर कार्कीका अनुसार तुलसीपुरमा १९३ महिला र ४ सय पुरुष गरी ५९३, घोराहीमा १५२ महिला र ३१६ पुरुष गरी ४६८, लमहीमा ४९ महिला र ११० पुरुष गरी १५९, राजपुरमा महिला २९ र पुरुष ८४ गरी ११३ जना मतदाता छन् ।

 

यस्तै गढवामा ५७ महिला र १२४ पुरुष गरी १८१, राप्तीमा ४४ महिला र १०८ पुरुष गरी १५२, शान्तिनगरमा ४० महिला र ८५ पुरुष गरी १२५, बबईमा ३२ महिला र ८७ पुरुष गरी ११९ र बंगलाचुली गाउँपालिकामा ३७ महिला र ९२ पुरुष गरी १२९ मतदाता छन् । मतदातामा दलित, अपांगता, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यक, खस आर्य, मधेसीलगायत छन् ।

 

युवा पंक्तिमै टकराव 

 

जिल्लामा १४औँ महाधिवेसनमा पालिका स्तरको नेतृत्वमा युवा नेतृत्व आउने देखिएको छ । १० पालिकामध्ये झन्डै ९० प्रतिशत युवा नै पालिका स्तरमा आउने सम्भावना बढी छ । 

 

कांग्रेस दाङका सभापति कृर्तिबहादुर खड्काका अनुसार पालिका सभापतिका दाबेदारमध्ये धेरैजसो उम्मेदवार ३५ देखि ४० उमेर समूहका रहेकाले युवाहरू पालिकामा आउने बताए । 

 

दाङका २ पालिकामा ५० वर्षमाथिका रहे पनि अन्यमा युवाबीचमै स्पर्धा हुने भएको छ । दाङको लमही नगरपालिमा शिवप्रसाद चौधरी र सन्तोष बुढाथोकीबीच सभापतिका लागि स्पर्धा हुँदै  छ । चौधरी उमेर समूहका हिसाबले पाका उम्मेदवार मानिन्छन् भने बुढाथोकीलाई युवाको साथ छ । 


यस्तै, राप्ती गाउँपालिकामा सहमतिबाट विद्यासरण चौधरी सभापति निर्वाचित भएका छन् । गढवा गाउँपालिकामा सभापतिका लागि किरण पौडेल र कृष्णराज पाण्डे भिडेका छन् । उनीहरू दुवै युवा हुन् । यस्तै, राजपुरमा शरद बुढाथोकी र नरेन्द्र सिंह भण्डारीबीच स्पर्धा हुँदै छ । घोराही उपमहानगरमा तिलक रावत र निरोज गिरी सभापतिका लागि भिड्दै छन् । 

 

बंगलाचुली गाउँपालिकमा सहमतिबाट जागेश्वर अधिकारी सभापति निर्वाचित भएका छन् । तुलसीपुर उपमहानगरमा अनिल कार्की र सुरेश हमाल सभापतिका लागि भिड्दै छन् । दंगीशरण गाउँपालिकामा हर्कबहादुर बुढाथोकी र शम्भु गिरी भिड्दै छन् ।


बबईमा फर्साराम भुसाल र प्रकाश बस्नेत सभापतिका लागि चुनावी मैदानमा छन् । शान्तिनगर गाउँपालिकामा झलक केसी र फर्साराम डाँगबीच स्पर्धा थियो । अन्तिममा डाँगीले केसीलाई समर्थन गरेपछि सहमति जुटेको जिल्ला सभापति खड्काले जानकारी दिए ।