close

कांग्रेस १४ औँ महाधिवेशन : ५५ जिल्लामा पालिका अधिवेशन सम्पन्न 

कांग्रेस १४ औँ महाधिवेशन : ५५ जिल्लामा पालिका अधिवेशन सम्पन्न 

Trulli
ADVERTISEMENT

काठमाडौं– कांग्रेसले शनिबार ५५ जिल्लामा गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न गरेको छ । वडाअधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शनिबार ९ वटा जिल्लामा पालिका स्तरको सम्पन्न हुन नसकेको जानकारी दिए । निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौं, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक छन् । 

 

यसैबीच, कांग्रेसले शनिबार विभिन्न ५ वटा जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सुर्खेत, डोल्पा, बाँके, महोत्तरी र सिरहा जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ । अब ८ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक हुन बाँकी छ ।