close

चाँगुनारायणको पर्यटन पदयात्रा

चाँगुनारायणको पर्यटन पदयात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर– ४२औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले एक दिवसीय पदयात्रा कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिका र सोटो नेपालको संयुक्त आयोजनामा उक्त पदयात्रा सञ्चालन गरिएको हो । ‘टुरिजम फर इन्क्लुसिभ ग्रोथ’ नारासहित पालिकाले पदयात्रा सञ्चालन गरेको हो ।पालिकाको वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिरबाट सुरु भएको पदयात्रा वडा नम्बर ८ स्थित बोजिनी ड्याममा पुगेपछि समापन भएको थियो । 

 

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर, त्रिशूलडाँडा, तेलकोट, मुहानपोखरी, बास्तोला गाउँ हुँदै बोजिनी ड्यामसम्म पदयात्रा सञ्चालन गरिएको थियो ।पदयात्रामार्फत चाँगुनारायण नगरपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास सहभागीले व्यक्त गरे । 

 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोरोना महामारीले लामो समयसम्म ओझेल परेको पर्यटन क्षेत्र पुनः सञ्चालन ल्याउन पदयात्राले सहयोग गर्ने बताए । महामारीबाट धराशयी बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पदयात्राले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।  चाँगुनारायण नगरपालिकाको विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरदेखि बोजिनीसम्मको पदयात्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउने काम भइरहेको छ ।  स्थानीय उत्पादन र होमस्टेलाई अझ प्रभावकारी बनाउन सके पर्यटकलाई थप आकर्षित गर्न सकिने विश्वास उनको छ । 

 

वडा नम्बर ८ का वडाध्यक्ष परासर सापकोटाले पालिकाले चार वर्षयता पर्यटकीय क्षेत्रमा भौतिक तथा सामाजिक विकासको काम गरिरहेको जानकारी दिए ।पर्यटकको ध्यान तान्न बोजिनी ड्याम निर्माण, करिब ४ किलोमिटर पदमाग निर्माण, मुहानपोखरी, सम्पदाको पुनर्निर्माणसँगै सडकको स्तरोन्नति गरिँदै आएको उनले बताए । 


सोटो नेपालका अध्यक्ष नारायण पराजुलीले पदयात्रामार्फत चाँगुनारायणको पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरेको जानकारी दिए । उनले पालिकाले चार वर्षयता पर्यटन क्षेत्रमा गरेको विकासले आन्तरिक र बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल निर्माण गर्दै आएको उल्लेख गरे ।