close

वडा कार्यालयको शौचालयमा शव फेला 

वडा कार्यालयको शौचालयमा शव फेला 

Trulli
ADVERTISEMENT

काठमाडौं– बूढानीलकण्ठ नगरपालिका– ८स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । 

 

उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।  प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबार मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।