close

चँपारपाटी जंगलको स्कुलः २ शिक्षक, ३० विद्यार्थी

एक दिन पढ्ने अर्को दिन अम्बा बेच्न बजार

चँपारपाटी जंगलको स्कुलः २ शिक्षक, ३० विद्यार्थी

एक दिन पढ्ने अर्को दिन अम्बा बेच्न बजार

Trulli
ADVERTISEMENT

गुल्मी-  मध्याह्न १२ बजे । इस्मा गाउँपालिका- ५ चाँपटारीको जंगलमा करिब ३० विद्यार्थी भेटिए । कोही गुन्द्रीमा, केहीले रूखको सेउला बिछ्याएका । विद्यार्थीले रूखको ओत पाए पनि बसाइ सजिलो थिएन ।

 


विद्यार्थीको बीचमा बसेका दुई शिक्षिका सिकाइमै व्यस्त थिए । पहिले ऋषिमहर्षि त्याग र तपस्याका लागि जंगल पस्थे । कोरोना संक्रमणका कारण अहिले बालबालिका त्यस्तै अवस्थामा पुगेका छन् ।

 

 

तत्काल विद्यालय सञ्चालन नहुने भएपछि इस्मा गाउँपालिकाले ११ असोजबाट प्रत्येक टोलटोलमा सिकाइ केन्द्र स्थापना गरेर पढाइ सञ्चालन गरेको शिक्षिका राधिका सापकोटाल भण्डारीले बताइन् ।


देख्दा र सुन्दै अचम्म । जंगलको रुखमुनी कलिला अनुहार, जसले सेउलामाथि भविष्यको सुनौलो सपना कोर्न बाध्य छन् ।


इस्माको हुलाके–इस्मा मैदान सडक खण्डअन्तर्गत चाँपटारीमा सडक छेउको जंगलमा कुमारी निमाविका कक्षा २ देखि ७ सम्मका ३० विद्यार्थी अध्ययनरत छन् ।


विद्यार्थीलाई टोल विभाजन गरेर दिउँसो ११ देखि २ बजेसम्म पढाउँदै आएको शिक्षिका सापकोटाले बताइन् । ‘परिस्थतिले शिक्षक÷विद्यार्थी दुवैलाई सहज छैन,’ उनले भनिन्, ‘दिउँसोको टन्टलापुर घाममा बाहिर असजिलो भएर जंगल खोजेका हौं ।’


बिहानको साढे १० बजेको आसपास । बुल्म प्राविको चौरमा एक हुल विद्यार्थी शिक्षक–शिक्षिकाको प्रतीक्षामा थिए । मंगलबार कक्षाको पालो परेका विद्यार्थीहरू झोला बोकेर विद्यालय प्रांगणमा थिए ।


२ शिक्षिकाले ११ बज्नेबित्तिकै दुई समूहमा विद्यार्थीलाई गोल घेरामा बसाले । अधिकांससँग बिछ्याउनी थिएन । तर, खुला चौरमै भुइँ पुछेर बसे बालबालिका । त्यसपछि किताबकापी निकालेर पढ्न थाले ।


गाउँपालिकाको निर्देशनअनुसार एक दिन बिराएर समूहमा बालबालिकालाई चौरमा पढाएको बुल्म प्राविका निमित्त प्रधानाध्यापक माया महत कुँवर सुनाउँछिन् ।


तम्घास–सिमलटारी सडक खण्डको बुल्म नजिकै रुखकोे छहारीमा बसेका २ बालकले १÷१ पोका अम्बा छोपेर गाडीको प्रतीक्षामा थिए । तर, गाडी चढ्न नभई अम्बा बेच्न ।


इस्मा गाउँपालिका– ६ अम्मरपुरका १३ बर्षीय किसान कुमाल बुल्म प्राविको कक्षा ५ मा पढ्छन् । १ दिन बिराएर विद्यालय भएकाले पालो नपरेको दिन दैनिक अम्बा बोकेर सडक आउँछन् ।


१ पोका अम्बाको ५० रुपैयाँ पर्छ । उनले दिनभरमा ५ देखि ७ पोकासम्म अम्बा बेच्ने गरेको बताउँछन् । घरमा बुबा, आमा र आफू छन् । ३÷४ वर्षदेखि सडकमा मौसमी व्यापार गर्दै आएका मनोजकुमाल बुल्म प्राविमै पढ्छन् । उनले पनि विद्यालय नभएको दिन अम्बा र कटुसको व्यापार गर्छन् ।


‘दिनभर ३÷४ सय भए पनि घर खर्च हुन्छ । मौसमी व्यापार सधैं हुँदैन,’ उनले भने, ‘यही पैसाबाट कापी–किताबको जोहो गरेको छु ।’


बुल्ममा अधिकांश कुमाल समुदाय बसोबास गर्छन् । विपन्नताका कारण अभिभावक दैनिक गाउँकै मेलापातमा व्यस्त हुन्छन् । अभिभावक वा छोराछोरी कसैले पनि पढाइको वास्ता राख्दैनन् । उनीहरू आमाबुबासँगै मौसमी व्यापारमा हिँड्ने गरेको बुल्म प्राविकी शिक्षिका सरस्वती पोख्रेलले बताइन् ।


बुबाआमाहरूमै शैक्षिक चेतना कम भएकाले बालबालिका अनुपस्थित हुने र विद्यालय छाड्ने अवस्था रहेको उनको भनाइ छ ।


‘पहिले पनि हाँडी, घैंटा बोकेर बाआमाहरू महिनौं गाउँ डुल्थे । अहिले पनि मौसमअनुसारको अम्बा, सुन्तला, डौडे, सालका पात र तरकारीको व्यापारमा गाउँदेखि सदरमुकामसम्म कुमाल समुदाय पुग्छन्’, पोख्रेलले भनिन् ।


बाआमासँगै हिँड्दाहिँड्दै छोराछोरीहरू पनि सोही कर्ममा लाग्ने गरेको इस्मा गाउँपालिका–६ का ५९ वर्षीय जीतबहादुर कुमाल बताउँछन् । आप्mना ५ छोराछोरी सानैमा विद्यालय छाडेर कोही बजारका होटल र कोही परदेश पसेको गुनासो गरे ।