close

इजरालयमा रोजगारीका लागि पठाउन १ हजार ६ सयको नाम सिफारिस

इजरालयमा रोजगारीका लागि पठाउन १ हजार ६ सयको नाम सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ । 

 

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा १ हजार ८ सय ३ जना सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।   

 

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै २ वर्ष अघि २ देशका सरकारबीचको सहमतिबाट रोजगारी खुलाउने निर्णय गरिएको थियो । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३ सय १७  सहभागीमध्ये २ हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । 

 

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १  हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।