close

पालिकामा दिनभरः बर्थिङ सेन्टरले जगायो आस, कृषकलाई पालिकाको साथ (भिडियो खबर)

पालिकामा दिनभरः बर्थिङ सेन्टरले जगायो आस, कृषकलाई पालिकाको साथ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रौतहटको गौर नगरपालिका वडा नम्बर ९ को स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालन, नगरप्रमुख अजय गुप्ताले गरे उद्घाटन । 

 

२) बागलुङ नगरपालिकाले १५ शय्याको नगर अस्पतालबाट स्वास्थ्य सेवा दिन थाल्यो, अस्पतालमा जनशक्ति तथा उपकरण थपिने । 


३) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी । 


४) सिरहाको धनगढीमाई नगरपालिकाले नगरभित्रका कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थाल्यो, ११ असोजसम्म खोप कार्यक्रम सञ्चालन हुने । 

 

५) कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय सञ्चालनमा आए, विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पालिकाको आग्रह । 

 

६) झापाको भद्रपुर नगरपालिकाले अपांगता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गर्‍यो, सामग्री नगरप्रमुख जीवनकुमार श्रेष्ठले हस्तान्तरण गरे ।

 

७) डोल्पाको ठूलीभेरी नगरपालिकाले १७० घरधुरीलाई सोलार वितरण गर्‍यो, निःशुल्क सोलार पाउँदा स्थानीय दंग । 

 

८) भक्तपुर नगरपालिकाले विद्यालयलाई भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न दियो अनुमति, शैक्षिक संस्था सञ्चालनसम्बन्धी मापदण्डसमेत तयार । 


९) सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रका विद्यालयले भौतिक रुपमै पठनपाठन सञ्चालन गरे, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने विद्यालयलाई कारवाही गरिने । 

 

१०) काठमाडौंको टोखा नगरपालिकाद्वारा नगरभित्रका कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन घुम्ती सेवा सुरु, १५ असोजसम्म खोप कार्यक्रम सञ्चालन हुने । 

 

११) मोरङको लेटाङ नगरपालिकाले कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा हिँउदे घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले १५ असोजसम्म विवरण पेश गनुपर्ने । 

 

१२) ढुंगा, गिटी, बालुवाको कर उठाउन बार्दियाको बारबर्दिया नगरपालिकाले जारी गर्‍यो ठेक्कासम्बन्धी सूचना, इच्छुक फर्म तथा कम्पनीले ई-बिडिङमार्फत बोलपत्र पेस गर्नुपर्ने । 

 

१३) ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला उत्पादन तथा बिक्री वितरणमा कपिलवस्तु नगरपालिकाले लगायो रोक, निर्णय अटेर गर्नेलाई कारबाही गरिने । 

 

१४) नवलपरासीको मध्यबिन्दु नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १२ असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने । 

 

१५) खोटाङको साकेला गाउँपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, दरखास्त बुझाएकाहरुसँग १४ असोजमा पालिकाले परीक्षा लिने । 

 

१६) सिन्धुलीको तीनपाटन गाउँपालिकाले विद्यालय, सहकारी संस्था र क्लबको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्‍यो सूचना, ३१ असोजभित्र पालिकामा निवेदन दिनुपर्ने । 


१७) म्याग्दीको बेनी नगरपालिकामा रसायनिक मल बिक्री गर्न सहकारी, फर्म र कम्पनीले अनुमति लिनुपर्ने, १७ असोजभित्र पालिकामा कागजपत्र बुझाउनुपर्ने । 


 
१८) काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ को कार्यालयको शौचालयमा पुरुषको शव फेला, प्रहरीले थाल्यो अनुसन्धान ।

 

१९) पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाले कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले १५ दिन भित्र निवेदन पेस गनुपर्ने । 


२०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।