close

डोटीका ९ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

डोटीका ९ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

Trulli
ADVERTISEMENT

डोटी– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका ९ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भयो । शनिबार र आइतबार सम्पन्न भएका  पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति चयन भएका छन् ।

 

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् । जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी भएका हुन् भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

 

९ वटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, ‘सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।’, यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।