close

बबईमा सुरक्षित आवास ठड्याउन डकर्मीलाई तालिम 

बबईमा सुरक्षित आवास ठड्याउन डकर्मीलाई तालिम 

Trulli
ADVERTISEMENT

दाङ/हापुरे– दाङको बबई गाउँपालिकाले सुरक्षित आवास निर्माणका लागि डकर्मीलाई तालिम दिएको छ । गाउँपालिकाको आयोजना तथा भूकम्पीय प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो । 

 

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भूकम्प प्रतिरोधी भवन निर्माणमा डकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए । भूकम्प प्रतिरोधी भवन निर्माण गर्दा महँगो पर्ने हुँदा स्थानीयलाई सीप सिकाएर आवास निर्माणमा लगाउने योजना बनाएको उनको भनाइ छ । आवास निर्माण गर्दा पहिले नै सचेतना अपनाउन सकिए प्राकृति विपत्तिबाट बच्न सकिने उनको धारणा छ ।


कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्मा, इन्जिनियर राजेश देवकोटालगायत सुरक्षित आवास निर्माणबारे आ–आफ्ना भनाइ राखेका थिए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर रवीन्द्र बोहरा र वडा नम्बर ३ का वडाध्यक्ष नन्दलाल वलीले भूकम्प प्रतिरोधी भवन निर्माणमा यस्ता तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।