close

मिनिसोको दसैँ–तिहार अफर

मिनिसोको दसैँ–तिहार अफर

Trulli
ADVERTISEMENT

काठमाडौं– हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दसैँ–तिहार विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘मिनिसो दसैँ–तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो ।


अफरअन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँमाथिको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहकमध्येबाट एक जनाले हिराको हार प्राप्त गर्नेछन् । ऊर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ । 


यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागू हुने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए । मिनिसोका पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिटलगायत अन्य ब्रान्ड छन् ।


कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनललगायत दैनिक उपभोग्य सामान मिनिसो सोरुममा उपलब्ध छन् । मिनिसोको सोरुम काठमाडौं, चितवन, पोखरा, विराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।