close

नेपालगञ्ज उपमहानगरमा जनप्रतिनिधिबीच मारमुंग्री

नेपालगञ्ज उपमहानगरमा जनप्रतिनिधिबीच मारमुंग्री

Trulli
ADVERTISEMENT

काठमाडौं– बाँकेको नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिबीचमै हात हालाहाल भएको छ । सोमबार बसेको कार्यपालिका बैठकमा ५ नम्बरका वडाध्यक्ष र कार्यपालिका सदस्यबीच हात हालहाल भएको उपमेयर उमा थापा मगरले बताइन् । ‘कार्यपालिका वैठकमा विवाद भएको थियो,’ उनले भनिन्, ‘सामान्य विवादमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीच हात हालाहाल भएको हो । ठूलो झगडा होइन । सामान्य हो ।’

 

उनका अनुसार खर्चको विषयलाई लिएर वडाध्यक्ष र कार्यपालिका सदस्यबीच विवाद भएको थियो । विवादलाई सामान्य छलफल गरेर अघि बढ्नुपर्नेमा विवाद ठूलो बनाएर तानाताना भएको उपमेयर मगरको भनाइ छ । झगडामा ठूलो चोट कसैलाई पनि नलागेको उनले जानकारी दिइन् ।