close

वालिङमा सुरु भो निःशुल्क रेबिजविरुद्धको खोप

वालिङमा सुरु भो निःशुल्क रेबिजविरुद्धको खोप

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिकामा निःशुल्क रेबिजविरुद्धको सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौँ, त्रसित नहोऔँ’ नाराका साथ अभियान थालिएको हो ।

 

रेबिजविरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन २८ सेप्टेम्बरमा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । मंगलबारबाट साताव्यापी १५औँ विश्व रेबिज दिवस मनाइने गरिएको छ ।

 

कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिजविरुद्धको खोप अभियानमा सबै नगरबासीले साथ दिन अनुरोध गरे । घरभित्र वा बाहिरका कुकुर, बिरालोलाई रेबिजविरुद्धको खोप लगाएर सुरक्षित रहन नगरबासीलाई उनको आग्रह छ ।


रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने सम्भावना कम हुने भएकाले रोग लाग्नै नदिन पूर्वसावधानी अपनाएर घरमा पालिएका वा सामुदायिक कुकुर, बिरालालाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने अभियान थालिएको नगर प्रमुख खाँणले बताए । रोग लाग्ने अवस्था आउन नदिन नगरपालिकाले निःशुल्क खोपको व्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले जानकारी दिए ।

 

एक सातासम्म सञ्चालन हुने अभियानमा कुकुर, बिरालालाई निःशुल्क खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।