close

राजविराज नगरपालिकामा बालविकास शिक्षकको धर्ना

राजविराज नगरपालिकामा बालविकास शिक्षकको धर्ना

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको राजविराजमा दोस्रो दिन पनि बालविकास शिक्षक तथा कर्मचारी नगरपालिका कार्यालय अगाडि ३ घन्टा धर्ना बसेका छन् । सरकारले घोषणा गरेअनुसारको तलब नदिएको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।


राजविराज नगरपालिकाअन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत बालविकासका शिक्षिका, कार्यालय सहयोगीसँगै प्राविधिक ग्रेडबाट छुट भएका कार्यरत तथा अवकाश प्राप्त शिक्षक धर्नामा सहभागी छन् ।


‘सरकारले बजेट भाषणमा बालविकासका शिक्षकका लागि १५ हजार रुपैयाँ मासिक तलब दिने घोषणा गरे पनि हामीलाई सोहीअनुरूप तलब दिइएन । तलब नदिएपछि धर्नामा बसेका हौँ’, नेपाल शिक्षक संघ राजविराजका अध्यक्ष विभा झाले भनिन् ।

 

८ हजार केन्द्रले र ७ हजार रुपैयाँ स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था रहे पनि नगरपालिकाले बेवास्ता गरेको उनको भनाइ छ । नगरपालिको सरकारले तोकेअनुसार मासिक तलब उपलब्ध नगराएसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिइने उनले बताइन् ।


सरकारले तोकेबमोजिम मासिक तलब नदिए तथा नगरपालिकाबाट कुनै प्रतिक्रिया नआए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । शिक्षकले उठाएका माग सम्बोधनका लागि नगरपालिकाबाट पहल भइरहेको राजविराजको शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले जानकारी दिए ।