close

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

Trulli
ADVERTISEMENT

पर्सा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले पर्साको कालिकामाई गाउँपालिकामा छापा मारेको छ ।

 

गाउँपालिका कार्यालयविरुद्धमा स्थानीयले दिएको उजुरीको आधारमा कार्यालयमा छापामारेको अख्तियारले जनाएको छ । अनुसन्धानका लागि भन्दै अख्तियारले कागजात समेत नियन्त्रणमा लिएको छ ।


जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजना लगायतमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियाको टोलीले वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको छ ।