close

ज्येष्ठ नागरिक आवासगृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

ज्येष्ठ नागरिक आवासगृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन बुधबार वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । 

 

सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी) का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गरेका हुन् ।

 

संघीय  सरकारको ३ करोड ३२ लाखको लागतमा सो १४ कोठेभवन सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनशील कन्ट्रक्सन प्रालि पिएमके (जेभी) ले निर्माण गरेको हो । 

 

सो भवन निर्माणका लागि स्थानीयवासी कौशिल्यादेवी श्रेष्ठले छोरा स्व. ईश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गरेकी थिइन् । सो भवनबाट यही असोज २६ गतेदेखि वडा कार्यालयले आफ्नो सेवा प्रवाह गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।