close

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Trulli
ADVERTISEMENT


काठमाडौं– प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । आयोगको मुख्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा पुगेर छापा हानेको हो ।

 

प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत खरिद गरिएका साइकलमा करोडौँ रुपैयाँको अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको बताइएको छ । 


प्रदेश २ ले छात्रालाई साइकल वितरण गर्दा नामबिनाकै कम्पनीबाट साइकल खरिद गर्दा अनियमितता भएको हुन सक्ने आशंकामा अख्तियारले छापा मारेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आयोगको टोलीले छापा मारेको बताए । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको थियो ।