close

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने 

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमाले सरकारसँग रुष्ट छ ।