close

सखडा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सखडा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाअन्तर्गतको स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बैंक अफ काठमाण्डूको छिन्नमस्ता शाखाले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।


बैक अफ काठमाण्डूका प्रमुख बिनेशकुमार श्रेष्ठले सर्जिकल मास्क ७५ प्याकेट, स्यानिटाइजर २० लिटर, सर्जिकल ग्लोब्स ७५ प्याकेट, पिपिई ७५ थान स्वास्थ्य चौकी सखडा प्रमुख अजयकुमार झालाई हस्तान्तरण गरे ।


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य चौकी सखडालाई कोभिड–१९ जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छिन्नमस्ता शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।