close

एनसेल ग्लोबल बिजनेस आउटलुक अवार्डका दुई विधामा पुरस्कृत

एनसेल ग्लोबल बिजनेस आउटलुक अवार्डका दुई विधामा पुरस्कृत

Trulli
ADVERTISEMENT

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१ का दुई विधामा पुरस्कार जितेको छ । कम्पनीले जीबीओ अवार्डअन्तर्गत मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ द इअर अवार्ड जितेका हुन् ।


लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिइने गरेको छ ।


सम्बन्धित कम्पनीले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइने गरेको एनसेलले बताएको छ । एनसेल वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१ का दुई छुट्टाछुट्टै विधा सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्डका लागि पनि सूचीकृत भएको छ ।


यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ । यस्तै, ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका निम्ति एनसेल बेस्ट सोसल मिडिया क्याम्पियन अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै गरिने  जीसीए कार्यक्रममा हुनेछ ।