close

लक्ष्मी बैंकले पायो एडीबीको लिडिङ पार्टनर बैंक उपाधि

लक्ष्मी बैंकले पायो एडीबीको लिडिङ पार्टनर बैंक उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं– एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले लक्ष्मी बैंकलाई २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ । सो उपाधि एडीबीको ट्रेड तथा सप्लाइ चेन फाइनान्स योजनाअन्तर्गत रहेको बैंकले बताएको छ । यो एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिएको छ ।
लक्ष्मी बैंकले यो उपाधि लगातार दोस्रो वर्ष पाउन सफल भएको हो ।


एडीबीले यो उपाधि २०२० जुलाई १ देखि ३० जुन २०२१ अवधिभर गरिएको विभिन्न सहकार्यका आधारमा दिने गरेको छ  । सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझौला तथा ठूला संस्थासँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ । 


एडीबीको लिडिङ पार्टनर बैंक उपाधिले व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापन बलियो बनाउने प्रयासलाई थप सार्थक बनाएको लक्ष्मी बैंकले बताएको छ ।


कोभिड–१९ का कारण भर्चुअलमार्फत उपाधि दिइएको उक्त कार्यक्रममा २ सयभन्दा बढी साझेदार बैंक उपस्थित थिए भने २५ वटा बैंकलाई २० श्रेणीमा विभिन्न उपाधिद्वारा सम्मान गरिएको बैंकले जनाएको छ ।