close

धनकुटा बजार अनुगमन

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटा नगरपालिकाको अगुवाइमा शुक्रबार धनकुटा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, जिल्ला प्रहरी कार्यालय कार्यालय, घरेलु तथा साना उद्योग, धनकुटा नगरपालिका, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च तथा पत्रकार सम्मिलित टोलीले बजार अनुगमन गरेको हो । धनकुटा बजारका १२ खाद्य पसल र एउटा मिठाई पसलको अनुगमन गरिएको छ ।


खाद्य पसललाई लेबल विवरण (उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, तौल, मूल्य) भएका प्रशोधित खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न, म्याद नाघेका खाद्य पदार्थ बिक्री स्थलबाट बेग्लै राख्न, घरेलु कार्यालयमा अनिवार्य दर्ता गर्न र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षक सुशील कोइरालाले बताए । 

 

त्यस्तै, मिठाई पसललाई कृत्रिम अखाद्य रंग मिठाईमा प्रयोग नगर्न, भान्छामा सरसफाइ कायम राख्न, म्याद नाघेका खाद्य पेयपदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । म्याद नाघेका खाद्य पदार्थ बिस्कुट, दालमोठ उपयुक्त तरिकाले नष्ट गरिएको थियो ।


उपभोक्ताले नियमित बजार अनुगमनबाट स्वस्थकर खाद्यपदार्थ उपभोग गर्न सक्ने र बजार अवस्था थाहा पाउने हुनाले राज्यले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने माग उपभोक्ताको छ ।