close

खोटाङका १० ज्येष्ठ नागरिकलाई नगदसहितको सम्मान

खोटाङका १० ज्येष्ठ नागरिकलाई नगदसहितको सम्मान

Trulli
ADVERTISEMENT

खोटाङ– अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा खोटाङका १० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । शुक्रबार ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङद्वारा आयोजित ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसर पारेर संघका आजीवन सदस्य ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

 

संघले आजीवन सदस्य भीमबहादुर कार्की, कर्णबहादुर बजिमय, ज्ञानबहादुर विश्वकर्मा, मुसुरीमाया आचार्य, सरस्वती खड्का, देवमाया आचार्य, पन्नामाया कार्की, कोपिला कार्की, कर्णबहादुर कटवाल र कुलबहादुर कटवाललाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई जनही ५ सय रुपैयाँ प्रदान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

 

जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरीक्षक उमेश लम्साललगायतले सम्मान गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको ज्येष्ठ नागरिक संघले बताएको छ ।