close

अख्तियारविरुद्ध जसपाका नेता, कार्यकर्ताको राँके जुलुस ! घुस खानेलाई ‘केही’ नगर्न चेतावनी

मुख्यमन्त्री राउतको कार्यालयमा छापा हानेपछि बबन्डर

अख्तियारविरुद्ध जसपाका नेता, कार्यकर्ताको राँके जुलुस ! घुस खानेलाई ‘केही’ नगर्न चेतावनी

मुख्यमन्त्री राउतको कार्यालयमा छापा हानेपछि बबन्डर

Trulli
ADVERTISEMENT

सप्तरी– प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका युवा, विद्यार्थीसहितका नेता, कार्यकर्ताले शनिबार बेलुकी सप्तरीको राजविराजमा  मसाल जुलुससहितको प्रदर्शन गरेका छन् । 

 

राजविराजस्थित शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताले अख्तियारले छानबिनका नाममा जबर्जस्ती गर्न खोजेको आरोप लगाए ।

 

सभामा जसपा महिला नेतृद्वय रमिला साह र गीता यादव, विद्यार्थी नेता शम्भु यादव, केदार यादवलगायतले अख्तियारले आप्mना पार्टीका मुख्यमन्त्रीको कार्यालयमा छापा हानेर गलत गरेको बताए ।

 

मसाल जुलुसमा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपा प्रदेश २ का सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला उपाध्यक्ष निरज मुक्ति, युवा नेता सत्येन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।

 

बेटी बचाऊ बेटी पढाऊ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको मुख्यालय र बर्दिबासको टोलीले चार दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हानेर  केही कागजात लगेको थियो । 

 

अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति र प्रदेश समितिले विरोध गरेका छन् । मुख्यमन्त्रीकै कार्यालयमा छापा हानेर बेटी बचाऊ बेटी पढाऊजस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन र सरकार प्रमुखको शक्ति एवं गरिमामै आघात पुग्ने काम भएकाले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपाका नेताहरूले बताए ।

 

शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको जसपाले जनाएको छ ।