close

कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी मनाेहरामा दाहाल

कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी मनाेहरामा दाहाल

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२०  र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

 

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन् । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन् । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।


 
 शङ्खरापुरमा  श्रेष्ठ

 

यसैगरी शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले  ८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । 

 

सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

 

कागेश्वरी मनाेहरामा दाहाल

 

काङ्ग्रेस कागेश्वरीमनाेहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।