close

अध्यक्ष ओलीलाई  अनुकुल हुनेगरी एमाले ७० वर्षे उमेर हद 

अध्यक्ष ओलीलाई  अनुकुल हुनेगरी एमाले ७० वर्षे उमेर हद 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अनुकुल हुनेगरी ७० वर्षे उमेर हद लागू गर्ने भएको छ । 

 

कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गरिने भएको छ । 

 

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ ।

 

एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।