close

दीपक खड्का संखुवासभाको कांग्रेस सभापतिमा विजयी

दीपक खड्का संखुवासभाको कांग्रेस सभापतिमा विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

 

शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा रामकुमार जिमी ९९१६०, अनन्त गौली ९६७००, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

 

खड्का संस्थापनइतर समूहका नेता हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए । कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।