close

फोर्ड एभरेष्टको बुकिङ खुल्यो

फोर्ड एभरेष्टको बुकिङ खुल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले प्रिमियम एसयूभी सेग्मेन्टमा आधारित क्षमताकोे फोर्ड एभरेष्टको बुकिङ खुलाएको छ ।

 

फोर्ड नेपालले २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिटर वाई–टर्बोको नेपाली बजारमा बुकिङ खुलाएको घोषणा गरेको हो । यो गाडी संसारकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन र सेलेक्ट सिफ्टसहितको छ भने आवश्यक परेका बेला गियर लक गर्ने सुविधा छ ।

 

गाडीमा ७ वटा एयरब्यागको सुरक्षा, टेरान म्यानेजमेन्ट सिस्टम क्षमता, एडप्टिभ क्रुज कन्ट्रोल, एन्टिपिन्च सेन्सरयुक्त ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिनसहितकोे एड्भान्स सिन्को ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोललगायत विशेषता छन् ।नेपाली बजारमा फोर्ड एभरेष्टको सुरु मूल्य १.९९ करोड रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।