close

पशुबलिमा रोक लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन

पशुबलिमा रोक लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन

Trulli
ADVERTISEMENT

धनुषा– पशुबलीमा रोक लगाउन माग गर्दै जनकपुरमा पूर्णब्रह्मा कविर उपासक समाज धनुषाले  र्‍याली निकालेको छ । र्‍यालीमा सन्त रामपालजी महाराजका अनुयायीले ‘पशुबलि एवं जीवहत्या अन्त्य गरौँ, बलिप्रथा बन्द गरौँ, स्वच्छ समाज निर्माण गरौँलगायत नारा अंकित प्लेकार्ड तथा ब्यानर बोकेका थिए । 


जनकपुरस्थित पगलाबाबा धर्मशालाबाट निस्किएको  र्‍याली रामानन्दचोक, जानकी मन्दिर, राम मन्दिर र मुरली चोक हुँदै पुनः पगलाबाबा धर्मशालामा आएर टुंगिएको थियो । 


बलिप्रथा रोक्ने मागसँगै सामाजिक जागरणका निम्ति दबाबस्वरूप  र्‍याली निकालिएको समाजका संयोजक शिवकुमार महतोले बताए । उनले पशुप्रति भइरहेको अमानवीय व्यवहार तथा बलिजस्तो अन्धविश्वासलाई जरैबाट निर्मूल गर्ने उद्देश्यले शान्तिपूर्ण  र्‍याली आयोजना गरिएको जानकारी दिए । 


 र्‍याली समापनपछि समाजका पदाधिकारीले धार्मिक पर्वको नाममा हुने जीव हिंसा तथा बलिप्रथामा रोक लगाउन पहल गरिदिन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाए ।