close

कवि केसीको निबन्ध संग्रह भेन्टिलेटरमा आमा

कवि केसीको निबन्ध संग्रह भेन्टिलेटरमा आमा

Trulli
ADVERTISEMENT

काठमाडौं– कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध संग्र्रह भेन्टिलेटरमा आमा सार्वजनिक भएको छ । भेन्टिलेटरमा आमा सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।

 

भेन्टिलेटरमा आमामा २९ वटा निबन्ध समेटिएका छन् । ‘खासमा यो मेरो सम्झना–संग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर केही बुन्न खोजेको छु । केही दिवंगत प्रिय मान्छेका बारे केही पृष्ठ अर्पण गरेको छु । बाल्यकाल र किशोरवयमा सयर गरेको छु । भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु ।’ 

 

केसीले निबन्धमा आफूले बाँचेको समय, समाजका मिठास, कटुता, जलन, शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताए । लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा होमिएका हुन् । 

 

उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन् । केसीको यसअघि भोकको क्षेत्रफल (२०६९) कविता संग्रह प्रकाशित छ ।