close

प्रकाशमानको प्रश्न : ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’ 

प्रकाशमानको प्रश्न : ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’ 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा  केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नागार्जुन नगरसमितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । 

 

विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भने, ‘अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?

 

उनले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । नेता सिंहले पार्टीमा गुटउपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औँ महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गरे ।  आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उनले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गरे ।