close

हनुमाननगर कंकालिनीमा औषधी खरिदमा घोटाला

हनुमाननगर कंकालिनीमा औषधी खरिदमा घोटाला

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले औषधी खरिदमा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सार्वजनिक खरिद नियमावली विपरीत हुने गरी औषधी खरिद गरेको पाइएको हो ।

 

नगरपालिकाले ३९ लाख ८९ हजार २ सय ५६ रुपैयाँको औषधी नियम विपरीत खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ८५ उपनियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरका पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर, नगरपालिकाले सोबमोजिम नगरी अनियमितता गरेको पाइएको छ । नगरपालिकाले खरिद गरेको उक्त औषधी कुन उत्पादन कम्पनीबाट किनिएको हो ? त्यसबारे केही खुलाइएको छैन ।


यस्तै, आपूर्ति भएका औषधी विश्व स्वास्थ्य संगठनबाट प्रमाणित हुनुपर्ने, औषधी उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषयविज्ञबाट मुचुल्का उठाई नराखेको पाइएको छ । औषधी बिक्रीको भए÷नभएको प्रमाणपत्र समावेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


औषधी खरिद प्रक्रिया कानुन विपरीत हुँदा महालेखाले खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्न सुझाएको छ । तोकिएको गुणस्तरअनुसार औषधी प्राप्त भए/नभएको यकिन गरी हस्तान्तरण तथा खरिद गरेको औषधीको विवरण खुल्ने गरी राख्ने तथा आर्थिक वर्ष अन्त्यमा बाँकी रहेका औषधीको जिन्सी व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई निर्देशन गरिएको छ ।