close

साइकल खरिदमा तलमाथि भएको छैन : मुख्यमन्त्री राउत

साइकल खरिदमा तलमाथि भएको छैन : मुख्यमन्त्री राउत

Trulli
ADVERTISEMENT

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका लागि खरिद गरिएको साइकल सार्वजनिक खरिद ऐनअनुसार रहेको दाबी गरेका छन् । 


बुधबारको प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यले साइकल खरिदमा मुख्यमन्त्रीको संलग्नताबारे उठाएको प्रश्नको जवाफ दिँदै राउतले ई–बिडिङमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको बताए । 

 

साइकल खरिदमा अनियमितता भएको भनी विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको उनको भनाइ छ ।  दुई चरणमा खरिद गरिएको साइकलमध्ये पहिलो चरणमा ओमसत्य साई प्रालि पर्साबाट प्रति ५ हजार ७ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंबाट ७ हजार ५ सय ७६, द डिजाइनर्स नेपाल जेभी भरतपुरबाट ६,८ सय ३१, म्याप इन्टरप्रिन्युर्स काठमाडौंबाट ६ हजार १ सय ५० र विकास जनरल ट्रेडिङबाट ८ हजार ५ सय १ रुपैयाँ कबोल गरिएको थियो ।न्यूनतम कबोल गर्ने ओम सत्यसाई पर्सालाई साइकल खरिदको टेन्डर दिइएको तथ्यांक उनले प्रस्तुत गरे । 


दोस्रो चरणमा गरिएको टेन्डरमा ओम सत्यसाई प्रालि पर्साले प्रतिगोटा ७ हजार ५ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले ७ हजार ४ सय ७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभीको कबोलमा प्राविधिक त्रुटि देखिएकाले न्यूनतम कबोल गर्ने सान्यो इन्टरनेसनल काठमाडौंसँग साइकल खरिद गरिएको उनले बताए । 
‘सार्वजनिक खरिद ऐनअनुरूप ई–बिडिङमार्फत खरिद गरिएको साइकलमा अख्तियारले अनियमितता भएको भन्नु पूर्वाग्रही हो’, उनले भने ।