close

उत्पादित वस्तुको बजार ग्यारेन्टी गरिदिन्छौँ : नगरप्रमुख खाँण

उत्पादित वस्तुको बजार ग्यारेन्टी गरिदिन्छौँ : नगरप्रमुख खाँण

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले कृषि उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने उनले बताए ।


वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाका लक्षित सिलाइ–कटाइ तालिम उद्घाटन अवसरमा नगरप्रमुख खाँडले किसानका उत्पादनको बजारीकरण ग्यारेन्टी लिइने प्रतिबद्धता जनाएका हुन् ।

 

सिलाइ–कटाइ तालिम कोभिड–१९ उद्दार र सामाजिक, आर्थिक प्रतिकार्य पहल परियोजनाले सञ्चालन गरेको हो । महिलालाई सीप सिक्न आग्रह गर्दै उनले सिकेको सीपलाई व्यावसायिक बनाएर आर्थिक लाभ लिन आग्रह गरे । 

 

वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताए ।

 

सीप सिकेपछि व्यवसाय सञ्चालन गर्न रकम अभाव भए नगरपालिकाले बिनाधितो बिउ पुँजी उपलब्ध गराउनुका साथै बैंकसँग जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराइने प्रमुख खाँणले जानकारी दिए ।

 

कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैरेले कुमाल समुदायका महिलाको मागका आधारमा सिलाइ– कटाइ तालिम सञ्चालन गरिएको बताइन् ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष लोकबहादुर कुमाल, कुमाल समाज नेपालका केन्द्रीय सदस्य अमृता कुमाल, दियालो संस्थाका सीता गैरेलगायतले बोलेका थिए ।