close

मेट्रिक प्रणालीमा आबद्ध हुँदै भीमदत्तका घर    

मेट्रिक प्रणालीमा आबद्ध हुँदै भीमदत्तका घर    

Trulli
ADVERTISEMENT

महेन्द्रनगर–महेन्द्रनगरको भीमदत्त नगरपालिकाले नगरभित्रका सम्पूर्ण घर संरचनालाई मेट्रिक प्रणालीमा लैजान थालेको छ । दुई वर्षअघि नगरपालिकाले नगरभित्रका सम्पूर्ण घरलाई मेट्रिक प्रणालीमा राख्न थालेको थियो । त्यतिबेला कोरोनाका कारण उक्त काम रोकिए पनि अहिले सुरु गरिएको हो ।


नगरपालिकाले नगरका १९ वटै वडामा मेट्रिक प्रणालीमा राख्नेछ । त्यसका लागि नगरपालिकाले सबै वडामा घर तथ्यांक संकलन भएको र घर नम्बर प्लेट राख्ने कार्य अघि बढाइएको बताएको छ ।


मेट्रिक प्रणाली नगरभित्रका घरको घर परिचयपत्रजस्तै हो । मेट्रिक प्रणालीमा पहिला सडकको नामकरण गरिन्छ । भीमदत्तले १९ वटै वडाका मुख्य र सहायक मार्गको नामकरण गरिसकेको छ ।


नामकरण गरिएका सडकको दायाँ र बायाँ पर्ने घरलाई दूरीको आधारमा घर नम्बर दिइन्छ । सडकदेखि दायाँ भएका घरलाई जोर नम्बर र बायाँ पर्ने घरलाई बिजोर नम्बर दिइन्छ ।

 

प्रत्येक घरलाई दिइने घर नम्बरले सडकबाट उसको घरको दूरी दर्शाउछ । जस्तै, भासी शिव मन्दिरलाई रौटेला बैजनाथ मार्ग २८८ नम्बर दिइएको छ । उक्त मार्गको जिरो प्वाइन्टदेखि २८८ मिटर टाढा दायाँतर्फ छ भन्ने बुझ्नुपर्छ ।