close

बाँकेको बैजनाथ बन्यो साक्षर पालिका

बाँकेको बैजनाथ बन्यो साक्षर पालिका

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको बैजनाथ गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थितिमा पालिका अध्यक्ष मानबहादुर रुचालले साक्षर पालिका घोषणा गरेका हुन् ।


बैजनाथको कुल जनसंख्या ५४ हजार ४ सय १८ छ । तीमध्ये ९७ प्रतिशत बढी नागरिक साक्षर भएसँगै शुक्रबार साक्षर घोषणा गरिएको हो । अन्य निरक्षरलाई पनि साक्षर बनाउने गरी कार्यक्रम सञ्चालन गरिने पालिका अध्यक्ष रुचालले बताए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शिक्षा समन्वय इकाइका प्रमुख रामसुरेस यादवलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।