close

वीरेन्द्रनगरका कोरोना प्रभावितलाई खाद्यान्न वितरण

वीरेन्द्रनगरका कोरोना प्रभावितलाई खाद्यान्न वितरण

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कोरोनाबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ । दलित महिला संघ सुर्खेतको सहयोगमा कोरोनाबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई सामग्री वितरण गरिएको हो ।

 

नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । दलित महिला संघका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

 
राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला संघ सहयोगी बनेकोमा प्रसंशा गरिन ।

 

उनले प्राप्त सामग्रीको सही सदुपयोग गर्न र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिन ।