close

‘ह्याप्पि बर्थ डे’मा केक होइन बिरुवा उपहार दिने अनिल ! 

‘ह्याप्पि बर्थ डे’मा केक होइन बिरुवा उपहार दिने अनिल ! 

Trulli
ADVERTISEMENT

काठमाडौं– ‘ह्याप्पि बर्थ डे’ कसरी मनाउँने तयारी गर्दै हुनुहुन्छ ? केक  काटेर अथवा अन्य सिर्जनशील कार्य गरेर । वृक्षरोपण गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने प्रकृति संरक्षण अभियानका अभियन्ता अनिल बस्न्यातलाई सम्झनुहोला । तपाईँलाई ‘सेलिब्रेसन’ दिन उनी निः शुल्क बिरुवा लिएर तपाईँ रहेकै स्थानमा आउँछन् । वृक्षरोपणमा सहयोग गर्छन् । 

 

किशोरावस्थादेखि वृक्षरोपणमा सक्रिय उनले हालसम्म चारहजार  भन्दा वढी वृक्षरोपण गरिसकेका छन् ।  उाले भने, ‘म खाली सार्वजानिक जमीन खोजी खोजी  वृक्षरोपण गरिहाल्छु । निजी जग्गा धनीलाई समेत जग्गा उपलब्ध गराइदिनुस भनी अनुरोध समेत गर्दछु ।’

 

कञ्चनपुर, भीमदत्त नगरपालिका–३, का अभियन्ता बस्न्यातले आफ्नी आमा देबीरानी बस्न्यात र  मामा हिक्मतबहादुर बिष्टको प्रेरणाबाट  प्रकृति संरक्षणमा अघि बढेका जानकारी दिए  । उनले भने,  ‘प्रकृतिलाई कसरी माया गर्नुपर्छ, बोट विरुवा कसरी संरक्षण गर्नुपर्छ र वृक्षारोपणको महत्व कति हुन्छ भन्ने कुरा मैले मेरी आमाबाट सिकेको हुँ । आमा असाध्यै प्रकृतिप्रेमी हुनुहुन्थ्यो ।’

 

सन् १९७५ देखि वृक्षरोपणमा सक्रिय उनले भने,  ‘केही वर्ष अध्ययनका सिलसिलामा वृक्षरोपण गर्न सकिन । पछिल्ला सयम निरन्तर वृक्षरोपणमा सक्रिय छु । जागिरे जीवनका क्रममा म जुन जिल्ला  पुगेँ, त्यहाँ वृक्षरोपण अभियान सुरुआत गरिहाले ।  सार्वजानिक जमीन, उद्यान तथा आम सर्वसाधारणलाई वृक्षरोपण अभियानमा सरिक गराउँदै वृक्षरोपण गरेँ ।’

 

नेपाल परिवार नियोजन सङघमा कार्यरत अभियान्ता बस्न्यातको अभियानलाई पछिल्लो समय विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपाले सितको साझेदारी र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित जनसंख्या स्वास्थ्य तथा वातावरण परियोजनाले थप ऊर्जा थपिदिएको थियो । उनले भने,   ‘बिरुवा रोपणलाई कसरी प्रभावकारी बनाउने र यस पवित्र अभियानमा आफ्ना साथीका साथै विश्वव्यापी कसरी चिरपरचित गराउने र अभियालाई कसरी विश्वव्यापी समेत बनाउने भनी सोंचिरहन्थे । उही सोचका बीचमा  एउटा सजिलो उपाय निस्कियो –सामाजिक सञ्चाल फेसबुकमा ग्रुप बनाउने ।’

 

विश्वमा अहिले सामाजिक सञ्जाल मार्फत नै सचेतीकरणका नयाँ नयाँ र अनौठा अनौठा अभियान सञ्चालित  छन भने यसै सञ्जाल भित्रको एउटा शसक्त माध्यम फेसबुकलाई अभियन्ता बस्न्यातले प्रयोगमा ल्याएका छन्  । फेसबुक पेजमा ६००० बढी व्यक्ति जोडिइएसकेका छन् । यसै क्रममा अभियानलाई अँझ बढी तीब्रता दिन अभियन्ता बस्न्यातले पछिल्लो समय ‘आफ्नो जन्मदिनमा एउटा बिरुवा रोप्नुहोस , बिरुवा रोप्दै गरेको फोटो फेसबुकमा सेयर गर्नुहोस र  निशुल्क प्रमाणपत्र  प्राप्त गर्नुहोस’ भनी अभियान सञ्चालन गरिरहेका छन् ।